काठमाडौँ । सन् २०२२ मा स्थापित इन्टरनेट सेवा प्रदायक कम्पनी ‘वाई–फाई नेपाल’को सेवाग्राही १ लाख पुगेका छन् ।
मध्यम वर्गीय तथा साना परिवारलाई लक्षित गर्दै स्थापना भएको तीन वर्षको अवधिमा वाई–फाई एकलाख घरधुरीमा जोडिएको हो ।
वाई–फाई नेपालले देशभर १०० भन्दा बढी सहरहरूमा विस्तार भएको छ भने ४० भन्दा बढी सम्पर्क कार्यालयहरू स्थापना गरेको छ ।
२०२६ मा तीन वर्ष पुरा गरेको यस वाई–फाई नेपालले देशभर ५०० भन्दा धेरै कर्मचारीहरू मार्फत आफ्नो विस्तारित सेवालाई अझ प्रभावकारी बनाईरहेको जनाएको छ ।
सन् २०२५ मा वाई–फाई नेपाल नेपालकै उत्कृष्ट १० इन्टरनेट सेवा प्रदायकको सूचीमा परेको थियो ।
प्रमुख कार्यकारी अधिकृत शत्रुहन पञ्जीयारले भने,“ग्राहक महानुभावहरूले वाई–फाई नेपाल प्रति देखाउनुभएको माया र विश्वासका लागि हामी कृतज्ञ छौंँ । यो सफलताले हामीलाई हाम्रो सेवा अझै गुणस्तरीय बनाउँदै देशभर विस्तार गर्नका लागि हौसला प्रदान गरेको छ । ”


प्रतिक्रिया दिनुहोस्