बढ्यो सुनचाँदीको मूल्य


काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ३ हजार ८०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख १३ हजार २०० रूपैयाँ रहेकोको छापावाल सुनको मूल्य मंगलबार ३ लाख १७ हजार रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ३१० रूपैयाँले बढेर ५ हजार ७२० रूपैयाँ कायम भएको छ ।