काठमाडौँ । प्रतिनिधि सभाको समानुपातिकतर्फको १ करोड ७ लाख मतगणना सकिएको छ ।
बिहान साढे ८ बजेसम्म १ करोड ७ लाख ३२ हजार ९ सय ३२ मतगणना भएको हो ।
समानुपातिकमा पनि रास्वपाले अग्रस्थानमा छ । रास्वपाले ५१ लाख ३६ हजार ६४७ मत पाएको छ ।
नेपाली कांंग्रेसले १७ लाख ४८ हजार ३ सय ३६, नेकपा एमालेले १४ लाख ४८ हजार ४ सय १२, नेपाली कम्युनिस्ट पार्टीले ८ लाख ४ हजार १ सय ७१, श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ५ सय ९४, राप्रपाले ३ लाख २९ हजार ४ सय ६६ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्