काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख १७ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार ३ लाख १९ हजार रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला ५ हजार ७२० रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्