काठमाडौंँ । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा गिरावट आएको छ । निर्वाचन पछि खुलेको पहिलो कारोबारको दिन उछाल आएको नेप्सेमा हिजो र आज भने गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से परिसूचक ४६ अंकले घटेर २७९६.५७ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १२ ओटा उपसमुह राताम्ये बनेका छन् भने म्युचुअल फण्ड उपसमहमा हरियाली छाएको छ ।
बुधबार रिडी पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ८५ करोड ९४ लाख ५० हजार बढिको सेयर कारोबार भएको छ ।
आजको दिन नेप्सेमा सालपा विकास बैंक, नेशनल हाइड्रपावर, र रियलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यी कम्पनीको सेयरमूल्य क्रमश १०, ९.९६, ९.३३ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै आज कालिका पावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । कम्पनीको सेयरमूल्य ८ प्रतिशतले घटेको छ ।
कुल ३२९ कम्पनीको ३ करोड ६० लाख ४९ हजार ४ सय ५१ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १८ करोड २ लाख बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।
४६ अंकले घट्यो नेप्से परिसूचक, १३ अर्ब माथिको कारोबार


प्रतिक्रिया दिनुहोस्