‘फेक रेस्क्यु’मा संलग्न भएको आरोपमा एक जना ट्रेकिङ सञ्चालक पक्राउ


काठमाडौँ । पर्वतारोहणका क्रममा ‘फेक रेस्क्यु’मा संलग्न भएको आरोपमा एक जना ट्रेकिङ सञ्चालक पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले पानारोमा हिमालय ट्रेकिङ एन्ड एक्सपेडिसन प्रालिका सञ्चालक पासाङ शेर्पालाई पक्राउ गरेको हो ।

सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका–१ का २७ वर्षीय शेर्पालाई आज पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

अहिलेसम्म फेक रेस्क्युको आरोपमा ट्रेकिङ कम्पनी, रेस्क्यु कम्पनी, अस्पताल, विदेशी बिमाका नेपालस्थित कर्मचारी तथा हेलिकप्टर कम्पनीका शेयरधनी सञ्चालकसहित १० जनालाई पक्राउ गरिसकिएको ब्युरोले जनाएको छ ।

उच्च हिमाली क्षेत्रमा पदयात्रामा गएका विदेशी पर्यटकको फेक उद्धार गरेको देखाइ बिमा रकम दाबी गरेर गैरकानुनी रुपमा आर्थिक लाभ लिएको आरोपमा ब्युरोले अनुसन्धान गरिरहेको छ ।