काठमाडौँ । स्नो रिभर्स लिमिटेड ले आगामी चैत १२ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर बिक्री खुला गर्न लागेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल १८ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाइसकेको छ। पहिलो चरणमा स्थानीयका लागि ९ लाख ३७ हजार ५०० कित्ता र विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि ९३ हजार ७५० कित्ता सेयर छुट्याइएको छ।
आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ र आसपासका केही स्थानीय तहका बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।


प्रतिक्रिया दिनुहोस्