काठमाडाैँ । स्याङ्जा जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका भागवत प्रकाश मल्लले निर्वाचनमा कुल १० लाख ४० हजार १५ रुपैयाँ खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेश गरेका छन्।
निर्वाचन खर्चको विवरण अनुसार मल्लले मनोनयन दर्ता शुल्कका लागि १० हजार रुपैयाँ, मतदाता नामावली छपाई र फोटोकपीमा २३ हजार १३० रुपैयाँ खर्च गरेका छन्। प्रचार–प्रसार सामग्री (ब्यानर, पर्चा, स्वस्तीक, झण्डा, स्टिकर र नमूना मतपत्र छपाई) मा ४५ वडामा ३ लाख ६८ हजार ७५० रुपैयाँ खर्च भएको छ।
त्यसैगरी, सवारी इन्धनका लागि २ वटा गाडीमा १ लाख १० हजार रुपैयाँ, मतदाता प्रशिक्षण सम्बन्धी ३ दिने कार्यक्रममा ४५ वडामा १ लाख २६ हजार ८ रुपैयाँ खर्च भएको छ।
प्रदेश तथा वडा स्तरको प्रचार–प्रसार, कार्यालय स्थापना र सञ्चालनसम्बन्धी खर्चमा स्टेशनरीमा ३ लाख २५ हजार १२७ रुपैयाँ, सञ्चार खर्चमा ५७ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ । त्याेसँगै मल्लले निर्वाचन अभियानका लागि १० लाख ४० हजार १५ रुपैयाँ खर्च गरेका छन्।


प्रतिक्रिया दिनुहोस्