२३ अंकले बढ्यो नेप्से, १४ अर्ब ५५ करोड रूपैयाँ बढीको कारोबार


काठमाडौंँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार नेप्से परिसूचक २३.८७ अंकले बढेर २८२०.४४ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये १० ओटा उपसमुह बढेको छ भने ३ ओटा उपसमुह घटेको छ ।

विहीबार नेशनल हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६७ करोड ७९ लाख ४३ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा सालपा विकास बैंक, रियलायन्स स्पिनिङ मिल्स र नेशनल हाइड्रपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यी कम्पनीको सेयरमूल्य क्रमश १०, १० र ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

कुल ३३५ कम्पनीको ४ करोड १६ लाख ८६ हजार ४०५ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।