काठमाडौँ । नेपालले इरानका नागरिकलाई ‘अन अराइभल भिसा’ नदिने भएको छ ।
नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले अन अराइभल भिसा बन्द गर्ने निर्णय गरेको अध्यागमन विभागले जनाएको छ ।
विभागका अनुसार सरकारी र कूटनीतिक राहदानी बाहेक इरानी नागरिकले विदेशस्थित नेपाली दूतावासबाट भिसा लिएरमात्र नेपाल आउन पाउने छन् ।
त्यस्तै शरणार्थी स्टाटसका ट्राभल डकुमेण्ट भएका व्यक्तिले पनि नेपाल प्रवेश गर्नका लागि विदेशस्थित नेपाली दूतावासबाट भिसा लिएर मात्र नेपाल प्रवेश गर्न पाउने व्यवस्था गरिएको छ ।
यसअघि नेपालले नाइजेरिया, घाना, जिम्बाबे, क्यामरुन, स्वाजिल्यान्ड, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकलाई ‘अन अराइभल भिसा’ नदिने सूचीमा राखेको थियो ।


प्रतिक्रिया दिनुहोस्