काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य ४ हजार ८०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ३ लाख १४ हजार २०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार ३ लाख ९ हजार ४०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला २२५ रूपैयाँले घटेर ५ हजार २७० रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्