काठमाडौँ । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले सुविधा मनिचेञ्जरको इजाजतपत्र रद्द गरेको छ ।
झापाको मेचीनगर नगरपालिका–०६ मा रहेको यस मनिचेञ्जरको इजाजतपत्र रद्द गरेको हो ।
मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गर्ने निर्णय भएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्