पहिलो चरणमा बेनी हाइड्रोपावरको आइपिओमा आजेदखि आवेदन खुला


काठमाडौँ । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आजदेखि पहिलो चरणको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै आईपीओ जारी गरेको हो।

कम्पनीले यसअघि माघ २९ गते नेपाल धितोपत्र बोर्ड बाट १ अर्ब ४ करोड रुपैयाँ जारी पूँजीको २० प्रतिशत बराबर २० करोड ८० लाख रुपैयाँको आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो। उक्त आईपीओ अन्तर्गत प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल २० लाख ८० हजार कित्ता साधारण सेयर जारी गरिनेछ।

पहिलो चरणमा जारी पूँजीको १० प्रतिशत अर्थात् १० लाख ४० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको छ। यसअन्तर्गत सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं। २, ३ र ४ का अति प्रभावित क्षेत्रका बासिन्दालाई ५ लाख २० हजार कित्ता ९५० प्रतिशत०, वडा नं। ५, ६, ७ र ११ का प्रभावित क्षेत्रका बासिन्दालाई ३ लाख १२ हजार कित्ता ९३० प्रतिशत० र अन्य न्यून प्रभावित क्षेत्रका बासिन्दाका लागि २ लाख ८ हजार कित्ता ९२० प्रतिशत० सेयर छुट्याइएको कम्पनीले जनाएको छ।

स्थानीय बासिन्दाका लागि सेयर बाँडफाँडपछि बाँकी रहेको सेयरमध्ये १ लाख ४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि बिक्री खुला गरिएको छ। यदि स्थानीय वा वैदेशिक रोजगारीमा रहेका नेपालीबाट मागभन्दा कम आवेदन परेमा बाँकी सेयर सर्वसाधारणका लागि जारी हुने कम्पनीले जनाएको छ।

आवेदन दिने स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि सोही सीमा अनुसार आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

स्थानीय बासिन्दाका लागि आईपीओ आवेदन अवधि छिटोमा चैत १५ गते र ढिलोमा चैत ३० गतेसम्म रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आवेदन अवधि छिटोमा चैत ५ गते र ढिलोमा चैत १५ गतेसम्म तोकिएको छ।

आयोजना प्रभावित क्षेत्रका स्थानीयले एनएमबी बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका सोलुखुम्बुस्थित तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने स्वीकृत आस्वा सदस्य बैंक तथा वित्तीय संस्था वा ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबी क्यापिटल लिमिटेड ले सम्हालेको छ। पहिलो चरणको बाँडफाँडपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुला गरिने कम्पनीले जनाएको छ।