गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यका लागि सिफारिस, अर्थमन्त्री खनालको यात्रामा ‘ब्रेक’


काठमाडौँ । वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रिय सभा सदस्यका लागि सिफारिस भएका छन् ।

आज बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्री अर्याललाई राष्ट्रपतिबाट मनोनित गर्न सिफारिस गरेको हो ।

राष्ट्रिय सभामा मन्त्रिपरिषद्को सिफारिसबाट राष्ट्रपतिले नियुक्त गर्ने तीन मध्ये एक सिट खाली छ ।

यसअघि अर्थमन्त्री रामेश्वर खनाललाई राष्ट्रिय सभामा लौजाने चर्चा चलेको थियो ।

खनाललाई राष्ट्रिय सभामा लगेर अर्थमन्त्री बनाउने हल्लाकाबिच गृहमन्त्री अर्याल सिफारिसमा परेका हुन् ।

यससँगै राष्ट्रिय सभामा तत्कालै जाने खनालको यात्रामा ‘ब्रेक’ लागेको छ ।