हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा


काठमाडौँ । हिमालयन बैंकले संस्थापक सेयर विक्रीमा ल्याएको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरूका लागि ८ लाख ३८ हजार १४९ कित्ता सेयर बिक्रीमा ल्याएको छ।

इच्छुक संस्थापक सेयरधनीहरूले सेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने सेयरधनीहरूले काठमाडौँको कमलादीस्थित बैंकको कानुन विभागमा सम्पर्क गरी निवेदन पेस गर्नुपर्नेछ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापकहरूबाट खरिदका लागि आवेदन नपरे अन्य व्यक्ति तथा संस्थाहरूका लागि खुला गरिने बैंकले जनाएको छ।