काठमाडाैँ । ग्लोबल आइएमई बैङ्क लिमिटेडले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रमहरु आयोजना गर्न लागेको छ ।
बैंकले ग्लोेबल मनि विक २०२६ को अवसर पारेर मुलुकका सातवटै प्रदेशमा सप्ताहव्यापी रूपमा विद्यार्थी तथा युवा लक्षित वित्तीय तथा डिजिटल साक्षरताका कार्यक्रमहरु आयोजना गर्न लागेको हो ।
बैङ्कले ग्लोबल मनि विक २०२६ को मुख्य नारा ‘स्मार्ट मनि टक्स’ लाई आत्मसाथ गरी यहि मार्च १६ देखी मार्च २२, २०२६ सम्म बैंकका विभिन्न शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताको कार्यक्रम संचालन गर्नेछ ।
यसका साथै, बैङ्कले वित्तीय साक्षरतासम्बन्धी विभिन्न सामाग्रीहरु उत्पादन तथा प्रकाशन गरी आफ्नो आधिकारिक सामाजीक सञ्जालहरुमार्फत् पनि प्रशारण गर्नेछ ।
वित्तीय साक्षरता अभिवृद्विका लागि बैङ्कले हरेक वर्ष आफ्ना शाखा कार्यालयहरुमार्फत् विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । यस आर्थिक वर्षमा हालसम्म बैङ्कको ७० भन्दा बढि शाखा कार्यालयहरुले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरीसकेका छन् ।
कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बिमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।


प्रतिक्रिया दिनुहोस्