काठमाडौँ । ‘स्मार्ट मनी टक्स’ भन्ने नाराका साथ ‘ग्लोबल मनी विक – २०२६’ आजदेखि सुरु भएको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो चौधौं संस्करण हो ।
उक्त अभियानको पहिलो दिन नेपाल राष्ट्र बैंकले नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सहकारी विभागसँगको सहकार्यमा ग्लोबल मनी विकको उद्घाटन कार्यक्रम (नेशनल लञ्च इभेन्ट) आयोजना ग¥यो ।
उक्त कार्यक्रममा काठमाडौँस्थित विभिन्न विद्यालयका कक्षा ८ देिख १० सम्म अध्ययनरत करिब ५०० जना विद्यार्थीको सहभागिता रहेको जनाएको छ । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले उक्त कार्यक्रमको उद्घाटन गरे ।
सो अवसरमा उनले पैसा कसरी कमाउने, कसरी बचत गर्ने र कसरी सदुपयोग गर्ने भन्ने विषयमा परिवारका सदस्यहरूलाई शिक्षित गर्नु आवश्यक रहेको धारणा व्यक्त गरे ।
उनले पैसा जुनसुकै पेशामा आबद्ध व्यक्तिका लागि समान रूपमा महत्वपूर्ण हुने भएकाले यसको उचित व्यवस्थापन र सदुपयोगतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै गभर्नरको कार्यालयका कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनीले पैसाको उचित तथा आदर्शतम व्यवस्थापनका बारेमा विद्यार्थीहरूलाई विद्यालयस्तरदेखि नै शिक्षित गर्ने उद्देश्य यस कार्यक्रमको रहेको जानकारी दिए ।
साथै, उनले यस्ता कार्यक्रमहरूले वित्तीय साक्षरता र वित्तीय समावेशिता अभिवृद्धिमा सकारात्मक योगदान पु¥याउने उल्लेख गर्दै नेपालमा वित्तीय समावेशिता सूचकाङ्क आर्थिक वर्ष २०२४÷२५ मा ०.५३ पुगेको बताए । कार्यक्रमको उद्घाटन सत्रमा यस बैंकका कार्यकारी निर्देशक, निर्देशक एवं नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण, सहकारी विभागका उच्च अधिकारी र बैंकरहरूको उपस्थिति थियो ।
कार्यक्रमको दोस्रो सत्रमा नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा प्राधिकरण, सहकारी विभाग, बैंकर्स एसोसिएनका अधिकारी र विद्यार्थीहरूको सहभागितामा प्यानल छलफल भएको थियो ।
सो अवसरमा राष्ट्र बंकै का कार्यकारी निर्देशक रामु पौडेल, धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, बीमा
प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, सहकारी विभागका उप–रजिष्ट्रार शशि कुमार लम्साल र नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाले आ–आफ्ना निकायको कार्य क्षेत्र र कामकारबाहीसँग सम्बन्धित विषयमा विद्यार्थीलाई जानकारी दिएका छन् ।
उक्त अवसरमा उनीहरूले विद्यार्थीले राखेका जिज्ञासाको जवाफसमेत दिएका थिए ।
चैत ८ गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा मुलकु भर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने विभिन्न किसिमका वित्तीय चेतनामूलक कार्यक्रमहरू सञ्चालन हुनेछन् ।
नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेसनल बैंकिङ इन्स्टिच्यटु लिमिटेडबाट अलगअलग रूपमा युवालक्षित वित्तीय चेतनामूलक कार्यक्रमहरू समेत आयोजना हुनेछन् ।
साथै, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनीले समेत ग्लोबल मनी विकका लक्षित कार्यक्रमहरू सञ्चालन गर्नेछन् ।
यस अभियानअन्तर्गत बैंकिङ÷वित्तीय, पुँजी बजार, बीमा, सहकारी सेवाका विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रम तय गरिएका छन् ।
जसअन्तर्गत वित्तीय सचेतनामूलक अन्तरक्रिया र विद्यार्थीमाझ सचतेनामूलक प्रतियोगिता सञ्चालन हुनेछन् भने सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट चते नामूलक कार्यक्रम, श्रब्यदृष्य सामग्री र अन्तर्वार्ताहरू प्रसारण गरिनेछन् ।
यसै गरी, विद्यार्थीलाई वित्तीय सेवाप्रदायक संस्थाका अवलोकन गराउने कार्यक्रमसमेत तय गरिएको छ । उक्त अभियानबाट विद्यार्थीहरुमा वित्तीय साक्षरताको प्रवद्र्धन र पहुँच विस्तारसँगै वित्तीय सेवाका आधारभूत पक्षबारे सचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा राखिएको छ ।
‘ग्लोबल मनी विक’ मूलतः किशोर÷किशोरी तथा युवा÷युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो ।
सन् २०१२ देखि हरेक वर्ष विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै आएको छ । राष्ट्र बैंकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै सन् २०१३ देखि नेपालमा ग्लोबल मनी विक मनाउँदै आइएको छ ।
यस अभियानबाट हालसम्म विश्वका १७६ मुलकका सात करोडभन्दा बढी बालबालिका र युवाहरू लाभान्वित भएको जनाइएको ले जनाएको छ । ग्लोबल मनी विकको स्थायी नारा ‘लर्न सेभ अर्न’ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्