काठमाडौँ। शिखर पावर डेभलपमेन्ट लिमिटेडको सार्वजनिक प्राथमिक सेयर (आइपिओ) बाँडफाँट भएको छ । कम्पनीले फागुन १७ गतेदेखि २६ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि आइपिओ खु्ला गरेको थियो ।
आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली र सामूहिक लगानी कोषका लागि सेयर निष्काशन गरी बाँडफाँट गरिसकेको कम्पनीले आज कम्पनीका कर्मचारी र सर्वसाधारणलाई बाँडफाँट गरेको हो ।
निष्काशनमा २६ लाख ८७ हजार ३४७ जनाले कुल २ करोड ८८ लाख १६ हजार ९९० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये २६ लाख ५० हजार ८४७ आवेदन स्वीकृत भएको छ भने बाँकी ३६ हजार ५०० आवेदन रद्द भएको छ।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आइपिओ बाँडफाँट गरिएको छ। जस अनुसार एक लाख ८४ हजार २६० जनाले १० कित्ताका दरले शेयर पाएका छन्।
कम्पनीले कुल ९८ करोड रुपैयाँ जारी पूँजीको ३२.६५ प्रतिशत अर्थात् ३२ करोड रूपैयाँ बराबरको ३२ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये स्थानीयलाई ९ लाख ८० हजार कित्ता र विदेशमा रहेका नेपालीलाई २ लाख २२ हजार कित्ता बाँडफाँट भइसकेको थियो ।
कम्पनीका कर्मचारीका लागि ४४ हजार ४०० कित्ता छुट्याएर बाँकी रहेको १८ लाख ४२ हजार ६०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो। यस शेयरको अंकित मूल्य प्रतिशेयर १०० रूपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्