काठमाडौंँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक १३.५१ अंकले बढेर २८१२.३४ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ६ ओटा उपसमुह बढेको छ भने ७ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
मंगलबार रिडि पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५६ करोड ३७ लाख ६१ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सालपा विकास बैंक र हाटल फरेष्ट इनका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी सबै कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत ९.९९ प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
कुल ३४० कम्पनीको ३ करोड ४८ लाख ५२ हजार ७६० कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ३ करोड ४४ लाख ६ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्