काठमाडौंँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार नेप्से परिसूचक ६४.६७ अंकले बढेर २८७७.०२ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य बढेको छ ।
विहीबार न्याग्दी ग्रुप पावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६७ करोड १६ लाख १६ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र हाटल फरेष्ट इनका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी सबै कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, ९.९९ प्रतिशत र ९.९६ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
कुल ३४२ कम्पनीको ५ करोड ६९ लाख २० हजार ६०८ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्