काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा १ दिन सरेको छ ।
यसअघि चैत २८ र २९ गते गर्ने भनिएको साधारण सभा चैत २९ र ३० गते गर्ने निर्णय भएको हो ।
आज बसेको महासङ्घको १५ औँ कार्यकारिणी समिति बैठकले चैत २९ र ३० गते साधारण सभा गर्ने निर्णय गरेको हो ।
यसअघि एकदेखि दुई महिना चुनाव सार्ने पक्षमा एउटा समूह थियो भने वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ पक्ष नसार्ने पक्षमा थिए ।
चैत २९ र ३० गते हुने साधारण सभाले नयाँ नेतृत्व समेत गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्