काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानलाई कडा चेतावनी दिएका छन्। उनले ४८ घण्टाभित्र होर्मुज स्ट्रेट पूर्ण रूपमा नखोलिए अमेरिका इरानका पावर प्लान्टमा हमला गर्ने बताएका छन्।
ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “यदि इरानले ४८ घण्टाभित्र होर्मुज नखोले, अमेरिका इरानका पावर प्लान्टहरूमा हमला गर्नेछ र तीलाई ध्वस्त पार्नेछ। सुरुवात सबैभन्दा ठूलो प्लान्टबाट हुनेछ।”
यसैबीच, इरानले पनि कडा प्रतिक्रिया दिएको छ। इरानले आफ्नो पावर प्लान्टमाथि आक्रमण भएमा मध्यपूर्वमा अमेरिका र इजरायलसँग सम्बन्धित सबै ऊर्जा पूर्वाधारमा हमला गर्ने चेतावनी दिएको छ।
इरानको खातम अल(अनबिया केन्द्रीय कमाण्ड०का प्रवक्ता इब्राहिम जुल्फाघारीले अमेरिका र इजरायलसँग सम्बन्धित समुद्री पानीलाई मीठो बनाउने (डिसेलिनेशन) प्लान्ट तथा सूचना–प्रविधि (आईटी) संरचनामा समेत निशाना बनाइने बताएका छन्।
इजरायलको डिमोनामा मिसाइल हमला
इरानले शनिबार राति इजरायलको दक्षिणी शहर डिमोनामा ब्यालेस्टिक मिसाइल प्रहार गरेको जनाएको छ। उक्त आक्रमणमा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्। डिमोना त्यही शहर हो जहाँ इजरायलको परमाणु कार्यक्रम केन्द्र रहेको छ।
इरानका राष्ट्रपति मसूज पजशकियानले शनिबार नरेन्द्र मोदी०सँग टेलिफोन वार्ता गर्दै राष्ट्रहरूले इरानमाथि भइरहेको आक्रमण रोक्न भूमिका खेल्नुपर्ने बताएका छन्।
उनले राष्ट्रहरूले कुनै दबाब बिना स्वतन्त्र रूपमा अघि बढ्नुपर्ने र यस विषयमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। साथै, मध्यपूर्वका देशहरूले मिलेर नयाँ सुरक्षा संयन्त्र निर्माण गर्नुपर्ने सुझाव पनि दिएका छन्, जसले क्षेत्रीय शान्ति र स्थिरता कायम राख्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्