५४ अंकले बढ्यो नेप्से, २३ अर्ब ५९ करोड रूपैयाँ बढीको कारोबार


काठमाडौंँ । साताको कारोबारको पहिलो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से परिसूचक ५४.५३ अंकले बढेर २९३१.५५ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये १२ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने एक ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आइतबार कुमारी बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ८५ करोड ९६ लाख १५ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अभियान लघुवित्त वित्तीय संस्था, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर र हाटल फरेष्ट इनका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

यी सबै कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत र ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

कुल ३६४ कम्पनीको ६ करोड १४ लाख ७ हजार ७४ कित्ता सेयर किनबेच हुँदा २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।