काठमाडाैँ । अमेरिकाले ४८ घन्टाभित्र स्टे«ट अफ हर्जुज खोल्न दिएको चेतावनीलाई इरानले वेवास्था गर्दै उल्टो कडा प्रतिक्रिया जनाएको छ ।
इरानले अमेरिकाले चेतावनीलाई कार्यान्वयन गर्ने हर्मुज पूर्णरूपमा बन्द गर्ने चेतावनी दिएको छ ।
अमेरिकाको आक्रमण पछि पनि इरानले ‘आत्मसमर्पणको कुनै सङ्केत’ नदेखाएको अलजजिराले उल्लेख गरेको छ ।
मध्यपूर्व अध्ययन केन्द्रका वरिष्ठ अनुसन्धानकर्ता अबास असलानीका अनुसार, हर्मुज पूर्ण रूपमा पुनःखोल्न ४८ घण्टे अमेरिकी अल्टिमेटम दिएपछि पनि इरानले ‘आत्मसमर्पण वा पछि हट्ने कुनै कुनै सङ्केत’ देखाएको छैन ।
अल जजिरासँग कुरा गर्दै उनले भने कि तेहरानले ट्रम्पको धम्कीलाई गम्भीर रूपमा लिएको छ र त्यसअनुसार आफ्नो कार्यनीतिलाई व्यवस्थापन गर्दैछ ।
“इरान यसलाई मात्र आफ्नो अस्तित्वको लडाइँका रूपमा होइन, तत्कालीन सङ्कटलाई दीर्घकालीन रणनीतिक अवसरमा रूपान्तरण गर्ने प्रयासका रूपमा हेर्दैछ । त्यसैले अमेरिकी राष्ट्रपतिले दिएको अल्टिमेटममा इरान झुक्ने सम्भावना निकै न्यून छ,” असलानीले भनेका छन् ।
उनका अनुसार, तेहरानका केही पक्षहरूले इरानले अमेरिकाको आक्रमण भए पनि दिर्घकालीन सुरक्षाको सुनिश्चितता दिलाउने नयाँ रणनीतिक समीकरण स्थापना गरिन्जेल लडाइँ जारी राख्न आवश्यक मूल्य तिर्न तयार हुनुपर्ने सुझाव दिइरहेका छन् ।
यस परिस्थितिमा इरानले एक कदम पनि पछि हट्नु कमजोरीको सङ्केतका रूपमा व्याख्या गरिने धेरै इरानीहरूको दृष्टिमा देखिएको अलजजिरामा उल्लेख छ ।
इरानको पक्षबाट आएको जवाफ थप स्पष्ट रूपमा टकरावपूर्ण देखिन्छ । सेना, कूटनीतिज्ञ र राजनीतिज्ञहरू सबै एकै ढाँचामा काम गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्