काठमाडौँ । उद्योग वाणिज्य महासङ्घको आगामी नेतृत्वका लागि भावी अध्यक्ष अञ्जन श्रेष्ठ समूहले आज प्यानल घोषणा गर्दैछ । काठमाडौँको होटेल र्याडिसनमा श्रेष्ठ समूहले आज उम्मेदवारको घोषणा गर्न लागेको हो ।
अञ्जन श्रेष्ठ समूहले भने वरिष्ठ उपाध्यक्षको घोषणा नगर्ने भएको छ । नयाँ कार्यसमितिपछि मात्रै वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गर्ने तयारी अञ्जन समूहको छ ।
अर्को समूहले भने हेमराज ढकाललाई वरिष्ठ उपाध्यक्ष घोषणा गरिसकेको छ ।
अञ्जन श्रेष्ठ समूहमा वस्तुगत तर्फबाट उपाध्यक्षको उम्मेदवार शिवप्रसाद घिमिरे, एसोसिएट्सको तर्फबाट उपाध्यक्षको उम्मेदवार प्रबलजंग पाण्डे, जिल्ला नगरको तर्फबाट दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्मा उपाध्यक्षको उम्मेदार छन् ।
महासङ्को आगामी चैत २९ र ३० गते हुन लागेको ६० औं साधारण सभाबाट नयाँ नेतृत्व चयन हुँदैछ । नयाँ नेतृत्वका लागि दुइ समूहले प्यानल तयार गरेका छन् । विधानअनुसार यसपटक वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वत अध्यक्ष हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्