काठमाडौँ । कम उत्सर्जन र उच्च माइलेज लक्ष्यसहित सुजुकीले आफ्नो लोकप्रिय स्कुटर एक्सेस १२५ को नयाँ बीएस६ ओबीडी–२बी संस्करण नेपाली बजारमा ल्याएको छ। कम्पनीले यसलाई केवल नयाँ मोडलका रूपमा नभई कम उत्सर्जन र इन्धन दक्षता केन्द्रित शहरी सवारी समाधानका रूपमा प्रस्तुत गरेको छ।
भारतको १२५ सीसी सेगमेन्टमा उच्च बिक्रीको रेकर्ड बनाएको एक्सेस १२५ अब उन्नत ‘अन–बोर्ड डायग्नोस्टिक (OBD-2B) प्रविधिसहित नेपालमा उपलब्ध भएको हो। यस प्रविधिले सवारीको इन्जिन अवस्था र उत्सर्जन स्तरलाई निरन्तर निगरानी गर्दै वातावरणमैत्री प्रदर्शन सुनिश्चित गर्ने कम्पनीको दाबी छ।

१२५ सीसी क्षमताको फ्युल इन्जेक्सन इन्जिनले ८.३ बीएचपी शक्ति र १०.२ एनएम टर्क उत्पादन गर्ने यो स्कुटरलाई शहरी ट्राफिक र मध्यम दूरीका यात्राका लागि उपयुक्त मानिएको छ। कम तौल ९१ (६ केजी) र सन्तुलित डिजाइनले दैनिक प्रयोगलाई सहज बनाउने लक्ष्य राखिएको छ ।
साेलिड आइस ग्रिनदेखि मेटालिक म्याट ब्ल्याकसम्मका पाँच विकल्पले युवा र व्यावहारिक दुवै समूहलाई लक्षित गरेको देखिन्छ।
नेपालमा बढ्दो दुईपांग्रे सवारी प्रयोग र इन्धन दक्षताको आवश्यकता बीच सुजुकीको यो नयाँ मोडलले बजारमा प्रतिस्पर्धा अझ तीव्र बनाउने अपेक्षा गरिएको छ। कम्पनीका अनुसार स्कुटर अहिले देशभरका आधिकारिक डिलरमार्फत बिक्रीमा उपलब्ध भइसकेको छ।


प्रतिक्रिया दिनुहोस्