डलरको भाउ बढ्यो


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

आज अमेरिकी डलरको भाउ सामान्य रुपमा घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५० रुपैयाँ ४९ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ९७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ७८ पैसा छ ।

यस्तै अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९१ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७५ पैसा र बिक्रीदर २१ रुपैयाँ ८३ पैसा छ ।

यस्तै साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४० रुपैयाँ ०९ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४१ रुपैयाँ १९ पैसा कायम भएको छ ।

युएई दिराम एकको खरिददर ४० रुपैयाँ ८० पैसा र बिक्रीदर ४० रुपैयाँ ९७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०४ पैसा तोकिएको राष्ट्र बैँकले जनाएको छ ।

कुवेती दिनार एकको खरिददर ४८८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४९० रुपैयाँ ८३ पैसा, बहराइन दिनार एकको खरिददर ३९७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ६० पैसा, ओमनी रियाल एकको खरिददर ३८९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९० रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।