काठमाडौँ । नेपाली बजारमा सूनको मूल्यमा भारी वृद्धि भएको छ । बुधबार छापावाला सुन प्रतितोला १४ हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
महासंकाअनुसार बजारमा आज छापावाला सुन प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार बजारमा छापावाला सुन प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँ कारोबार भइहरेको थियो ।
सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ४१५ रुपैयाँ बढेर ४ हजार ९२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको थियो ।


प्रतिक्रिया दिनुहोस्