काठमाडाैँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ‘सडकबाटै सरकार चलाउने’ बताएका छन् ।
बागमती प्रदेश स्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रममा घिसिङले ‘सडकबाटै सरकार चलाउने’ बताएका हुन् ।
आज काठमाडौंमा आयोजित पार्टीको वाममती प्रदेशस्तरीय अगुवा भेलामा बोल्दै उनले मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि सडकबाटै आम जनताको सरकारको रूपमा काम गर्ने बताएका हुन् ।
उनले भने,उनले भने, “उज्यालो नेपाल पार्टी सडकमा बसेर सरकार चलाउनु भनेर हामीलाई म्यान्डेट दिएको छ । हामी सडकमा बसेर आम नेपाली जनताको सरकार चलाउने छौँ । सडकको सरकार उज्यालो नेपाल पार्टीको हुनेछ । सडकबाट पनि यो देशको समस्या, यो देशमा भएका विभेद र यो देशलाई समृद्धितिर लैजानकालागि सशक्त भूमिका हामीले निभाउनेछौँ ।”
मुलुकको राष्ट्रियता, विद्यमान समस्या समाधान गर्दै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन आफ्नो पार्टीले सडकबाटै सशक्त भूमिका निर्वाह गर्ने अध्यक्ष घिसिङको भनाई थियो ।
उनले देशलाई सही बाटोमा लैजानका लागि सरकारलाई खबरदारीको काम गर्ने पनि आफ्नो पार्टीको प्रतिबद्ध रहेको बताए ।
अध्यक्ष घिसिङले आफ्नो पार्टी जनताको घरदैलोमा पुग्ने र आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनमा नेपालको सशक्त पार्टीको रुपमा उदय हुने जिकिर समेत गरे ।
अध्यक्ष घिसिङले प्रतिनिधि सभा निर्वाचनमा थोरै समय भएर कारण आफ्नो पार्टीले हार व्यहोर्नुपरेको निष्कर्ष पनि सुनाए ।


प्रतिक्रिया दिनुहोस्