प्रतिनिधि सभा सदस्य निर्वाचन नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र विवादरहितः निर्वाचन आयोग


काठमाडाैँ । निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र विवादरहित निर्वाचनका रूपमा मूल्याङ्कन गरेको छ । 

आयोगद्वारा आयोजित जलपान समारोहमा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्तो मूल्याङ्कन सुनाएका हुन् ।

उनले कुनैपनि मतदान केन्द्रमा झैझगडा वा विवादका कारण पुनः मतदान गर्नुपर्ने अवस्था नआएको भन्दै नेपालको इतिहासकै सफल निर्वाचनको रुपमा व्याख्या गरे ।

उनले निर्वाचन अवधीभर राजनीतिक दल, उम्मेदवार र मतदाताले देखाएको अभुतपूर्व संयमको प्रशंसा गरे । भण्डारीले विशेषगरी जेन–जी आन्दोलन भएको ६ महिनाभित्रै निर्वाचन सम्पन्न हुनुलाई विश्व समुदायले सकारात्मक रूपमा लिएको उल्लेख गरे ।

अन्तरराष्ट्रिय पर्यवेक्षकहरूले समेत यस निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित भन्दै उच्च मूल्यांकन गरेको प्रतिवेदन प्राप्त भएको उनकाे भनाइ थियाे ।