असामान्य स्थितिलाई समान्यकरण गर्दै निर्वाचन गराउनु कम चुनौतिपूर्ण थिएनः प्रधानमन्त्री कार्की



काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि भएको बताएकी छन् । 

निर्वाचन आयोगले आज आयोजना गरेको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्कीले वर्तमान सरकारले जेन–जी आन्दोनलपछिको असामान्य स्थितिलाई समान्यकरण गर्दै निर्वाचन गराउन सफल भएको बताइन् ।

उनले भनिन्, “जेन–जी आन्दोलनपछिको असामान्य अवस्थालाई सामान्यकरण गर्दै तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सक्नु हाम्रो लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धी हो । निर्वाचनले मुलुकमा संवैधानिक प्रणालीको जगेर्ना गर्दै लोकतान्त्रिक मूल्य मान्यता सुदृढ बनाउन नयाँ अध्यायको ढोका खोलेको छ । ”

उनकाअनुसार निर्वाचन गराउने कार्य चुनौतिपूर्ण थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले तोकिदिएकै मितिमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गरेर संवैधानिक प्रणालीको सुदृढीकरण गरेको दाबी गरिन ।

प्रधानमन्त्री कार्कीले निर्वाचनले देशमा लोकतान्त्रिक मूल्य–मान्यता बलियो बनाउँदै नयाँ राजनीतिक अध्यायको ढोका उल्लेख गरिन् ।

निर्वाचनमार्फत मतदाताले स्थिर सरकार, सुशासन र समृद्धिको पक्षमा स्पष्ट जनादेश दिएको उनकाे भनाई छ ।

सरकार गठनको समयको चुनौतीपूर्ण अवस्थालाई स्मरण गर्दै उहाँले देशको सुरक्षा अवस्था अत्यन्त संवेदनशील रहेको र राजनीतिक दलहरूबीच संवादहीनता रहेको बेलामा आफूले सरकारको नेतृत्व गरेको उल्लेख गरिन् ।

कानूनी–राजनीतिक शून्यता सिर्जना भएको अवस्थामा ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने कार्य सहज नभएको उनकाे भनाइ छ ।

सरकारले निर्वाचन सम्पन्न गराउन सम्पूर्ण शक्ति र स्रोत परिचालन गरेको र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा निर्वाचन आयोगको कार्यले सफलता हासिल गरेको बताइन् ।