काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका र इरानबीच वार्ता जारी रहेको दाबी गरेका छन् ।
यद्यपि तेहरानले भने दुई पक्षबीच कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष वार्ता भइरहेको कुरालाई अस्वीकार गरेको छ ।
ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्स, विदेशमन्त्री मार्को रुबियो, ह्वाइट हाउसका विशेष दूत स्टिभ विटकफ र उहाँका ज्वाइँ जेरेड कुशनर संलग्न रहेको बताए ।
उनले तेहरान सम्झौता गर्न इच्छुक रहेको समेत दाबी गरे ।
इरानसँग कूटनीतिक पहल गर्नुको कारणबारे सोधिएको प्रश्नमा उहाँले उनीहरू अमेरिकासँग संवाद गरिरहेका र उनीहरूका कुराहरू तर्कसंगत रहेको बताए ।
ट्रम्पले इरानले वासिङ्टनलाई ठुलो धनराशि बराबरको अत्यन्तै महत्वपूर्ण उपहार दिएको समेत दाबी गरे । उनले त्यो उपहार ठ्याक्कै के हो भन्नेबारे खुलाउन चाहेनन्।


प्रतिक्रिया दिनुहोस्