सुनचाँदीकाे भाउ घट्याे


काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ तोलामा २ हजार ९०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ रहेको थियो ।

चाँदीको मूल्य पति तोलामा १०० रुपैयाँ घटेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ४ हजार ८२० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ९२० रुपैयाँ थियो ।