आत्मनिर्भर लघुवित्तको लाभांश घोषणा


काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको चैत ११ गते बसेको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।

संस्थाले गत आव २०८१/८२ को मुनाफाबाट कायम चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

संस्थाले लाभांश पारित गर्न वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । संचालक समितिको निर्णयअनुसार सभा वैशाख ७ गते सोमबार घोराही उप–महानगरपालिका १५, दाङमा बिहान ११ बजे बस्नेछ ।

सभाले प्रस्तावित लाभांशसहित गत आवको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, वासलात, नगद प्रवाहलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ संस्थाले चैत २६ गते एक दिनका लागि बुकक्लोजको मिति तोकेको छ । यसर्थ चैत २५ सम्म कायम सेयरधनीले मात्रै प्रस्तावित लाभांश वा सभामा सहभागि हुन पाउनेछन् ।