नवनिर्वाचित सांसदहरुले लिए शपथ


काठमाडाैँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले सपथ लिएका छन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको आज सिंहदरबारमा पद तथा गोपनियताको सपथ लिएका हुन् ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनियताको सपथ गराएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको सपथ गराएका थिए ।

संसद सचिवालयका अनुसार ६३ जना सांसले नेपाली बाहेकको मातृभाषामा सपथ लिएका छन् ।