काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद भूमिका श्रेष्ठले यौनिक अल्पसंख्यक समूदायको हक र अधिकारको लागि आवश्यक कानून निर्माण गर्न पहल गर्ने बताएकी छन्।
आज पद तथा गोपनीयताको शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले यौनिक अल्पसंख्यक समुदायलाई वैवाहिक समानता, सामाजिक न्याय र राज्यका निकायमा अवसरको विषयमा आफू सक्रियता साथ काम गर्ने उल्लेख गरिन् ।
उनले यौनिक अल्पसंख्यकसँगै समग्र जनताको हितमा काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।
उनले भनिन्,“हाम्रो समुदायको अधिकारको रक्षा तथा नागरिकता, स्वास्थ्य, शिक्षा, वैवाहिक समानता र सामाजिक न्यायको कुराहरुको सन्दर्भमा ऐन तथा कानूनमा कसरी समावेश गर्न सकिन्छ भन्ने कुरा मेरो प्राथमिकतामा हुन्छ । र अब मेले मेरो आफ्नो समुदायको सँगै जनताको आवाज पनि बोल्नुपर्छ भन्ने बुझेको छु ।”


प्रतिक्रिया दिनुहोस्