रास्वपा संसदीय दलको नेतामा बालेन्द्र शाह


काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गरेको छ। पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले शाहलाई सर्वसम्मत रूपमा प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव पारित गरेको हो।

पार्टी सभापति रवि लामिछानेले बैठकमा बालेन्द्र शाहलाई संसदीय दलको नेता र भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्ने प्रस्ताव राखेका थिए ।

गएको फागुन २१ गते भएको निर्वाचनमा रास्वपाले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावी मैदानमा उत्रेको थियो। यो निर्णयसँगै, बालेन्द्र शाहले भोलि प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ।