काठमाडौँ । आज मुलुकले नयाँ प्रधानमन्त्री पाउदैछ ।
आज राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ लिँदैछन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज मध्याह्न १२ः३४ बजेको साइतमा राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्रीको शपथ गराउनेछन् ।
शाहलाई रास्वपाको हिजो बसेको बैठकले संसदीय दलको नेतामा चयन गरेको छ । शपथ ग्रहणका अवसरमा सात जना ब्राह्मणले शङ्खनाद गर्नेछन् भने १०८ बटुकहरूले स्वस्तिवाचन गर्नेछन् ।
१६ भिक्षुहरूले अष्टमङ्गल पाठ गर्ने तय भएको छ ।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जितसहित पहिलो दल बनेको थियो । रास्वपाले एकल बहुमतको सरकार बनाउन लागेको हो ।
शाह झापा क्षेत्र नं ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
गत भदौ २३ र २६ गते भएको जेनजी विद्रोहपछि सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार बनेको थियो ।
कार्की नेतृत्वको सरकारले गराएको चुनावमा रास्वपा पहिलो दल बनेर सरकारको नेतृत्व गर्न लागेको हो ।


प्रतिक्रिया दिनुहोस्