पूर्वगृहमन्त्री लेखक पक्राउ,पूर्वप्रधानमन्त्री ओली पक्राउ गर्न प्रहरी परिचालन


काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।

लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवास आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा भएको दमनबारे गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

भदौ २३ र २४ गते भएको जेनजी विद्रोहका बेला लेखक गृहमन्त्री थिए ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

यसैबिच पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

भक्तपुरको गुण्डुमा रहेको ओली निवासमा प्रहरी परिचालन गरिएको हो ।

प्रहरीले पक्राउका लागि सबै कानुनी पक्रिया पुरा गरेको जनाएको छ । ओली जेनजी विद्रोहका बेला प्रधानमन्त्री थिए । जेनजी विद्रोहपछि उनले राजीनामा दिएका थिए ।