नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ


काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्।

भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका प्रहरीले ओलीलाई आज विहान पक्राउ गरेको हो । ओलीलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको हो ।

ओली पक्राउ गर्न रातिदेखि नै प्रहरी परिचालन गरिएको थियो ।

हिजाे बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

जेनजी आन्दोलन दमनको आरोपमा पूर्व गृहमन्त्री लेखक पनि पक्राउ परेका छन् । लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवास आज बिहान प्रहरीले पक्राउ गरेको हो ।