ओलीलाई पक्राउ गरेर काठमाडौँ महानगरीय प्रहरी परिसर लगियाे


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेर काठमाडौँ महानगरीय प्रहरी परिसर लगिएको छ ।

आज बिहान आफ्नै निवास भक्तपुरबाट पक्राउ परेका ओलीलाई काठमाडौँ महानगरीय प्रहरी परिसर लगिएको हो ।

भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा प्रहरीले आज विहान नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद बैठकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो, लगत्तै ओली र लेखक पक्राउ परेका हुन् । आन्दोलनको समय ओली प्रधानमन्त्री र लेखक गृहमन्त्री थिए ।