बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा ५ हजार रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ८१ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार २ लाख ८६ हजार रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रूपैयाँले बढेर ४ हजार ७२० रूपैयाँमा कारोबार भइरहेको छ ।