लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्मा पक्राउ


काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्मा पक्राउ परेकी छन् ।

शर्मालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले आइतबार राती ११ बजेतिर पक्राउ गरेको हो ।

काठमाडाैँ धुम्बराहीस्थित घरबाटै रेखालाई प्रहरीले पक्राउ गरेको रेखाका श्रीमान चिन्तामणि शर्माले जानकारी दिए ।

उनीमाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ ।

बालिकालाई प्रधानमन्त्री बालेन शाह काठमाडौँ महानगरपालिकाको मेयर हुँदा उद्दार गरेका थिए ।