काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्व पौडेललाई सुशासन सुधारमा सरकारको कार्ययोजना कार्यान्वयनका विषयमा वित्तीय क्षेत्रबाट साथ दिन आग्रह गरेका छन् ।
राष्ट्र बैंक स्रोतका अनुसार प्रधानमन्त्री शाहले गभर्नर पौडेललाई सरकारको सय दिने शासकीय सुधारको कार्ययोजनासँग तादम्यता राख्ने गरि राष्ट्र बैंकका नीति बनाउन भनेका छन् ।
यसअघि गभर्नर पौडेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि भेट गरेका थिए । नेपाल राष्ट्र बैंकमा खाली दुई जना डेपुटी गभर्नरको नियुक्तिका लागि गभर्नर पौडेलले चार जनाको नाम सिफारिस गरेका थिए ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डेपुटी गभर्नर छान्ने अपेक्षा गरिएकोमा यससम्बन्धि प्रस्ताव नै पेश नभएको बुझिएको छ । प्रस्तावित नामहरूमध्ये केही नाममा प्रश्न उठेकाले बिहीबारको बैठकले डेपुटी गभर्नर छान्ने स्रोतको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्