काठमाडौँ । नेपाली बजारमा आजपनि सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी महासंघकाअनुसार बुधबार छापावाला सुन प्रतितोला ७ हजार ४०० रुपैयाँले बढेको छ ।
बजारमा आज सुन प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अघिल्लो कारोबार दिन छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०० रुपैयाँ बढेको छ । आजको लागि चाँदीको मूल्य प्रतितोला ४ हजार ९४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्