घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य तोलामा ३ हजार ६०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ९७ हजार ६०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार २ लाख ९४ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १६५ रूपैयाँले घटेर ४ हजार ७८० रूपैयाँमा कारोबार भइरहेको छ ।