व्यवसायी प्रवर्द्धनका लागि नीतिगत सुधारमा लागिरहेका छौं: मन्त्री पौडेल


काठमाडाैँ । वागमती प्रदेशका कृषि तथा पशुपंछी विकास मन्त्री मधुसुदन पौडेलले व्यवसायी प्रवद्र्धनका लागि नीतिगत सुधारमा जोड दिन सरकार तयार रहेको बताएका छन् ।

नर्सरी व्यवसायी महासंघले राजधानीमा आयोजना गरेको एक्स्पोलाई सम्बोधन गर्दै नर्सरी व्यवसाय प्रवद्र्धनका लागि सरकारले व्यवसायमा देखिएका समस्याहरु सम्बोधन गर्न तयार रहेको बताएका छन् ।

मन्त्री पौडेलकाअनुसार व्यवसायीहरुले भोगिरहेको समस्या भनेको आन्तरिक प्रतिष्पर्धा भन्दा पनि विदेशबाट आउने सामानहरुसँग गर्नुपर्ने अवस्था छ । वागमती सरकारले नीतिगत रुपमै  प्लास्टिकका फूलहरुलाई निशेषध गरेको बताए ।

अहिले पनि उक्त नीति प्रभावकारी रुपमा कार्यान्वयन गर्न वागमती सरकार लागेको बताउँदै नीति प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहबाट अनुगमन हुनुपर्ने समेत उनले बताए । 

उनले भने, “हाम्रो प्रमुख ध्यान भनेको एउटा व्यवसायीक प्रवद्र्धनका लागि सरकारले गर्नुपर्ने नीतिगत सुधारको लागि वागमती सरकार तयार छ । अर्को व्यवसायीहरुले भोगिरहेको समस्या भनेको आन्तरीक प्रतिष्पर्धा भन्दा पनि विदेशबाट आउने समानहरुसँग गर्नुपर्ने अवस्था छ । सरकारले नीतिगत रुपमा नीति बनाएको छ । प्लास्टिकका फूलहरुको सन्दर्भमा वागमती सरकारले एउटा स्टेटमेन्ट पनि जारी गरेको थियो । जसमा प्लास्टिकका फलहरु प्रयोग नगर्न भनेका छौँ । कम्तीमा पनि बागमती सरकारका आफ्ना तहका सबै निकायहरुमा अबदेखि पलास्टिकका फूलहरु निषेध गर्ने निर्णय गरेका छाँै । बजार अनुगमनको जिम्मा स्थानीय तहमा छ । त्यसले गर्दा व्यवसायीलाई प्रवद्र्धन गर्नका लागि स्थानीय तहदेखि केन्द्र सरकारसम्मले नेपाली किसानले गरेका आन्तरीक उत्पादन बढवा दिने खालका नीतिहरु हुनुपर्छ ।”

पौडेलले  नेपाली किसान र व्यवसायीहरूलाई विदेशी आयातित वस्तुको प्रतिष्पर्धाबाट बचाउन नीतिगत सहयोग, स्वदेशी उत्पादनलाई प्रोत्साहन र प्लास्टिकका फूल जस्ता वातावरणीय तथा आर्थिक रुपमा हानिकारक वस्तुको प्रयोगलाई न्युनिकरण गर्ने वागमती प्रदेश सरकारको नीति रहेको बताए ।

उनले  पर्वदेखि अन्य बेला पनि गोदावरी, सयपत्री, मखमलीको प्रयोगलाई प्रोत्साहन गर्दै स्वदेशी फूल उत्पादनलाई बढावा दिर्नुपर्नेमा जोड दिए ।