झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम खुम्चियो


काठमाडौंँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार नेप्से परिसूचक ५.८२ अंकले बढेर २७८२.१८ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ७ ओटा उपसमुहको बढेको छ भने ६ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

विहीबार एसवाई प्यानल नेपालको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३५ करोड ७० लाख १२ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा रिलायन्स स्पिनिङ मिल्स, रिड्ज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, भुजुङ हाइड्रोपावर, सुपरखुदी हाइड्रोपावर र होटल फरेष्ट इनका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, ९.९९ प्रतिशत, ९.९९ प्रतिशत र ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

यस्तै, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ३.०६ प्रतिशतले घटेको छ ।

कुल ३२८ कम्पनीको २ करोड १३ लाख १८ हजार ९२९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ८१ करोड ९७ लाख २३ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।