सरकारले जन चाहना अनुसार काम गर्छः डा. अमरेशकुमार सिंह


काठमाडाैँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले सरकार जनताको चाहना अनुसार अघि बढ्ने बताएका छन् । 

शुक्रबार संघीय संसद सचिवालय परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकार र पार्टी दुवै जनताको चाहनाअनुसार अघि बढ्ने टिप्पणी गरेका हुन् ।

सांसद सिंहले सरकारले कुनैपनि खालको भ्रष्टाचार र कुशासन स्वीकार नगर्ने समेत बताए । जनताले विश्वास गरेर मत दिएकाले त्यसको सदुपयोग हुनेगरी सरकार अघि बढ्ने सांसद सिंहको भनाइ थियो ।

उनले सरकारले जनतामा परिवर्तनको अनुभूति हुनेगरी काम गर्ने भन्दै सञ्चारकर्मीहरुलाई .३ महिनासम्म त्यसको सुक्ष्म ढंगले निगरानी गर्न पनि आग्रह गरे ।

सांसद सिंहले भने, “पार्टी र सरकार दुवै जनताको चाहनाअनुसार अघि बढ्छ । परिवर्तनका लागि जनताले हामीलाई जिम्मा दिएको छ । हामी जनताको जीविकामा परिवर्तन देखाएर हाम्रो सरकार र पार्टीले जनतामा परिवर्तनको आभास गराउँछ । म सम्पूर्ण सञ्चारकर्मीहरुलाईं विनम्रतापूर्वक के आग्रह गर्न चाहन्छु भने–सरकारको काम तपाईहरुले सुक्ष्म तरिकाले ३ महिना हेरिदिनुस् । र जनताले आफैँ भन्छ कि–हामी कुनै पनि विचौलिया यो देशका स्विकार गर्दैनौ । कुनैपनि किसिमको भ्रष्टाचार, कुशासन स्वीकार गर्दैंन । हाम्रो पार्टी र सरकार यसमा प्रतिवद्ध छ ।”

सांसद सिंहले सरकारले कामलाई प्रभावकारी बनाउने गरी पार्टीले अघि बढने पनि बताए ।