काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल सभामुखमा निर्विरोध भएका छन् ।
कुनै पनि दलबाट उम्मेदवारी नपरेपछि अर्याल सभामुखमा निर्विरोध भएका हुन् ।
सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सभामुखका लागि रास्वपाका अर्यालको एकल उम्मेदवारी परेको जानकारी दिए ।
आज अर्यालले सभामुखका लागि आज मनोनयन दर्ता गरेका थिए ।
२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको १८२ सिट छ । आइतबार बस्ने प्रतिनिधिसभाबाट अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्